म्याग्दी । सशस्त्र प्रहरीको गोताखोर टोलीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ घुमाउने तालस्थित कालीगण्डकी नदीमा शनिबार पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव तीन दिनपछि सोमबार फेला पारेको छ ।
पौडी खेल्ने क्रममा घुमाउनेतालका १५ वर्षीय निरज मल्ल शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । करिब १५ फिट गहिराइबाट गोताखोर टोलीले मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गण बेपत्ता किशोर खोज्नका लागि कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चार जना गोताखोर र पाँच जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए ।