काठमाडौं । नेपाल धितोपत्र बोर्डले ऐनविपरीत कार्य गर्ने झण्डै एक दर्जन सेयर दलाल कम्पनी (स्टक ब्रोकर कम्पनी)हरूलाई कारबाही गरेको छ । बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले ११ वटा संस्थालाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) ऐन, २०६४ को दफा ७फ. को उपदफा (१) को खण्ड (क) बमोजिम मिति २०८२।०१।२५ को निर्णयानुसार लिखितरूपमा सचेत गराइएको हो ।
बोर्डका अनुसार यसरी सचेत गराइएका कम्पनीहरूमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्काट्र्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेयक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल र रिलायबल भेन्चर क्यापिटल रहेका छन् ।