काठमाडौं । नेपालमा टीभीएसको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टीभीएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एन्ड फाइनान्स मेला’ आयोजना गर्न लागेको छ ।
कम्पनीले जेठ ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागेको हो । मेलामा ग्राहकहरूले विभिन्न आकर्षक अफरसहित आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस सवारी घर लैजान सक्नेछन् । मेला सुरु हुनु अगावै, मंगलबारसम्म नयाँ टीभीएस सवारीको प्रि–बुकिङ गर्ने ग्राहकले पाँच हजार रुपैयाँ बराबरको उपहार प्राप्त गर्नेछन् । यो सीमित अवधिको अफरले इच्छुक ग्राहकलाई अझ लाभदायक बनाउनेछ ।
मेला अवधिभर ग्राहकहरूले पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्मको सुनिश्चित प्राप्त गर्नेछन् । ५० भन्दा बढी रिकन्डिसन हाउसहरूको सहभागितासहित मेलामा सबैभन्दा उच्च मूल्याङ्कनको विश्वस्तता दिइनेछ । साथै, आठ हजार रुपैयाँसम्मको नगद छुट, १० हजार रुपैयाँसम्मको थप मूल्याङ्कन र शून्य प्रतिशत व्याजदरमा सवारी किन्ने सुविधा पनि उपलब्ध हुनेछ । नयाँ सवारी खरिद गर्ने प्रत्येक ग्राहकले हेल्मेट, झोला, बाइक कभर र रेनकोट निःशुल्क उपहारस्वरूप प्राप्त गर्नेछन् । मेलामा अफरहरू मात्र होइन, रमाइलो अनुभव पनि सुनिश्चित गरिएको छ ।
आगन्तुकहरूले लाइभ ब्यान्डको प्रस्तुति, स्टन्ट सो, टेस्ट राइड, विभिन्न खेलहरू, सौन्दर्य ब्रान्डहरूको प्रदर्शनी, स्वादिलो खानेकुरा र बालबालिकाका लागि विशेष क्षेत्रको मजा लिन सक्नेछन् । मेलाले सम्पूर्ण परिवारलाई लक्षित गर्दै रमाइलो वातावरणसहित सम्पूर्ण मनोरञ्जन प्रदान गर्नेछ ।