काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बिश्व पौडेल हुने भएका छन् । अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताब राखेको समाचार स्रोतले बताएको छ । देउवाको प्रस्तावलाई प्रधानमन्त्रीले सहमति जनाएसँगै पौडेल गर्भनर बन्ने पक्का पक्की जस्तै देखिएको छ ।
यसअघि कांग्रेस सभापति देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर बनाउन प्रस्ताव गरेका थिए,तर एमालेको नेतृत्वले स्विकार नगरेपछि ओलीले देउवालाई नयाँ नाम लिएर आउन आग्रह गरेका थिए । आजै सर्वोच्च अदालतले प्रा.डा विश्व पौडेलविरुद्धको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको आदेशलाई सदर गरेको थियो । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको हो ।
यो सँगै पौडेललाई गभर्नर नियुक्त्ति गर्न सरकारलाई सहज भएको देखिएको थियो । अधिवक्ताहरु प्रतिभा उप्रेदी र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए ।
गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंकमा गभर्नर रिक्त रहेको छ। डेपुटी गभर्नर नीलम ढुंगानालाई अर्थमन्त्री पौडेलले कायममुकायम गभर्नरको जिम्मेवारी दिएका थिए। नेपाल राष्ट्र बैंकको ऐनअनुसार गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै गभर्नर सिफारिस हुनुपर्ने हो तर एमाले र कांग्रेसको राजनीतिक स्वार्थको कारणले ढिलाई भएको थियो ।