काठमाडौं : नेपाल प्रहरीको डिआईजिमा सिफारिस दिपक रेग्मी विरुद्ध गृह मन्त्रालयमा उजुरी दर्ता भएको छ ।
युवराज सफल मार्फत दर्ता भएको उजुरीमा जेठ ६ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद प्रहरी समुहतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समुहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली,२०७१ ९संशोधन सहित० को नियम २७ को उप नियम ९४० अनुसार सम्वन्धित सवैको। जानकारीका लागि प्रकाशित गरिन्छ भन्ने व्यहोरा उल्लेख गरी नेपाल प्रहरी डिआइजी बढुवा समितिले प्रकाशित गरेको नेपाल प्रहरीका डिआईजी बढुवा सिफारिसमा परेका ११ जना उम्मेदवारको सूचीप्रति म युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ ।
डिआइजी बढुवाको ११ जनाको सूचीमा मध्ये सूची नं। ४ मा परेका दिपक रेग्मीको नाम डिआइजी सूचीबाट हटाउन श्रीमान् सचिव ज्यू एवम् बढुवा समितिको संयोजक ज्यूलाई यसै निवेदनमार्फत अनुरोध गर्न चाहन्छु ।
डिआइजी बढुवाको सूची नं। ४ मा परेका उम्मेदवार दिपक रेग्मीले आफू जिल्ला प्रहरी कार्यालय बाग्लुङको कार्यालय प्रमुख एसपी हुँदा पोखरामा अर्काकी श्रीमतीसँग अनैतिक सम्बन्ध राख्ने, तिनै महिलाको निर्दोष श्रीमान् दिपक थापालाई फसाउन निज थापाकै श्रीमतीको मिलेमतोमा झुठो वैवाहिक बलात्कारको मुद्धा दर्ता गर्न लगाउने साथै पीडित दिपक थापाको आमा राज कुमारी थापालाई लाखौं रुपैयाँ बराबरको झुठो लेनदेन गरेको भनी कागज बनाउन लगाउने जस्ता अमर्यादित, अवाञ्चित गतिविधिमा निज दिपक रेग्मी संलग्न छन्, अत त्यस्तो व्यक्तिलाई निलम्बन गर्नु भनी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायत निकायमा उजुरी पर्दापर्दै छानबिन हुँदा हुँदै तिनै व्यक्तिलाई डिआईजीजस्तो पदमा सिफारिस गर्नु भनेको विधिको शासनको उलंघन हो ।
अत नेपाल प्रहरीको डिआईजी जस्तो पदमा सिफारिस भएको व्यक्ति कानुनी राज्यप्रति बफादार, उच्च नैतिकवान, अनुशासित हुन पर्नेमा त्यस्ता चरित्रहिन, अनुशासनहिन, नैतिकताहिन व्यक्तिलाई बढुवा समितिले डिआइजीमा बढुवा सिफारिस गरेकोले तत्काल सो निर्णय संशोधन गर्नुहुन बढुवा समितिको संयोजक ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यो अनुरोधको बाबजुद पनि दिपक रेग्मीको बढुवा कायमै रहेको खण्डमा पत्रकार सम्मेलनमार्फत भण्डारफोर गर्नुका साथै बढुवा समितिको निर्णय विरुद्ध कानुनी उपचारमा समेत जान बाध्य हुनेपनि यसै निवेदनमार्फत सूचित गर्न चाहन्छु भनिएको छ ।
