काठमाडौं । विराटनगरका मोसिम आलम बजाजको ‘खुसीको मिटर’ अफरको विजेता बनेका छन् । अफर विजेता आलमले एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नेपाली नयाँ वर्षको अवसरमा ‘खुसीको मिटर’ अफर ल्याएको थियो । यो क्याम्पेनमा देशभरबाट हजारौं उत्साही सहभागीहरूले सहभागिता जनाएका थिए । सहभागीमध्येबाट, लक्की ड्रमार्फत यस एन्ड ब्रदर्स अटो प्रालि, विराटनगरका आलमले सो पुरस्कार जित्न सफल भएका हुन । यो क्याम्पेनले गेमिङको रमाइलो र मोटरसाइकल किन्दाको खुसीलाई एकसाथ जोडेको थियो । यसअन्तर्गत ग्राहकहरूले डिजिटल अनुभवमार्फत एक लाख रुपैयाँसम्म नगद पुरस्कार र आकर्षक गिफ्टहरू समेत जित्ने अवसर पाएका थिए ।
बजाजले सामाजिक सञ्जालमार्फत खेल्न सकिने विशेष डिजिटल गेम समेत ल्याएको थियो । यसअन्तर्गत सहभागीहरूले घरमै बसीबसी विभिन्न आकर्षक उपहारहरू जित्न सफल भएका छन् । ग्राहकहरूले उक्त उपहारहरू प्राप्त गर्न बजाज मोटरसाइकलको टेस्ट राइडमा पनि उल्लेखनीय सहभागिता जनाएका थिए । सबै सहभागीहरूका लागि समान अवसर सुनिश्चित गर्दै निष्पक्ष र पारदर्शी लक्की–ड्र प्रक्रियामार्फत विजेताको छनोट गरिएको थियो । विजेता आलमले १५० सिसि पल्सर मोटरसाइकल खरिद गरेका थिए ।