काठमाडौं । अभिला युनिभर्सिटीले एरिजोनका छात्रवृत्ति योजना र कलेजको विशेषहरू सार्वजनिक गरेको छ । हालै काठमाडौंको होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा कलेजकी प्राध्यापक डायना मक्युटाले छात्रवृत्ति योजना सार्वजानिक गरेकी हुन् ।
कलेजको दीर्घकालीन भिजन, दक्षिण एसियाली विद्यार्थीहरूको प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारीहरूले कलेजको शिक्षाशैलीलाई प्रशंसा गरेको उनले बताइन् । विश्वविद्याललयले विभिन्न विषयमा प्राविधिकतवरले उच्चतम तहको शिक्षा प्रदान गर्ने उल्लेख गर्दै उनले यहाँबाट नेपाली विद्यार्थीहरूले पनि उच्च शिक्षा लिएको बताइन् । कार्यक्रममा सागर गिरीधरले दक्षिण एसियाली विद्यार्थीहरूका लागि विश्वविद्यालयले प्रस्तुत गरिरहेका शैक्षिक अवसरहरू, समावेशी वातावरण र छात्रवृत्ति योजना लाभदायी भएको बताए । नेपालका विद्यार्थीका लागि यो विश्वविद्यालय सस्तो शिक्षण शुल्क, आधुनिक शिक्षण पद्धति र सुरक्षित वातावरणसहित उत्कृष्ट गन्तव्य बन्ने उनको दाबी थियो ।
विश्वविद्यालयका प्रतिनिधिहरूले विश्वविद्यालयमा अध्यापन गराइने सामाजशास्त्र, वाणिज्य व्यवस्थापन, प्राविधिक विषयहरूमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने जानकारी दिए । कार्यक्रममा विश्वविद्यालयले नेपालका विद्यार्थीहरूका लागि सीमित सिटमा अर्थात् १० हजार अमेरिकी डलरसम्मको वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको थियो । यो छात्रवृत्ति शैक्षिक उपलब्धि, नेतृत्व क्षमता र समर्पणका आधारमा प्रदान गरिने बताइएको छ ।अभिला युनिभर्सिटीले एरिजोनका छात्रवृत्ति योजना र कलेजको विशेषहरू सार्वजनिक गरेको छ । हालै काठमाडौंको होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा कलेजकी प्राध्यापक डायना मक्युटाले छात्रवृत्ति योजना सार्वजानिक गरेकी हुन् ।
कलेजको दीर्घकालीन भिजन, दक्षिण एसियाली विद्यार्थीहरूको प्रतिबद्धता र अन्तर्राष्ट्रिय साझेदारीहरूले कलेजको शिक्षाशैलीलाई प्रशंसा गरेको उनले बताइन् । विश्वविद्याललयले विभिन्न विषयमा प्राविधिकतवरले उच्चतम तहको शिक्षा प्रदान गर्ने उल्लेख गर्दै उनले यहाँबाट नेपाली विद्यार्थीहरूले पनि उच्च शिक्षा लिएको बताइन् । कार्यक्रममा सागर गिरीधरले दक्षिण एसियाली विद्यार्थीहरूका लागि विश्वविद्यालयले प्रस्तुत गरिरहेका शैक्षिक अवसरहरू, समावेशी वातावरण र छात्रवृत्ति योजना लाभदायी भएको बताए । नेपालका विद्यार्थीका लागि यो विश्वविद्यालय सस्तो शिक्षण शुल्क, आधुनिक शिक्षण पद्धति र सुरक्षित वातावरणसहित उत्कृष्ट गन्तव्य बन्ने उनको दाबी थियो ।
विश्वविद्यालयका प्रतिनिधिहरूले विश्वविद्यालयमा अध्यापन गराइने सामाजशास्त्र, वाणिज्य व्यवस्थापन, प्राविधिक विषयहरूमा अध्ययन गर्ने अवसर प्राप्त गर्ने जानकारी दिए । कार्यक्रममा विश्वविद्यालयले नेपालका विद्यार्थीहरूका लागि सीमित सिटमा अर्थात् १० हजार अमेरिकी डलरसम्मको वार्षिक छात्रवृत्ति योजना सार्वजनिक गरेको थियो । यो छात्रवृत्ति शैक्षिक उपलब्धि, नेतृत्व क्षमता र समर्पणका आधारमा प्रदान गरिने बताइएको छ ।