काठमाडौं । शेयर बजार परिसुचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ४९ अंकले उकालो लागेको नेप्से परिसुचक साताको चौंथो कारोबार दिन आज बुधबार भने सात दशमलव ९४ अंकले घटेर २६ सय ६९ दशमलव ५१ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले ओरालो लागेर चार सय ५० दशमलव ८४ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको ८८ हजार एक सय २१ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट दुई करोड ३० लाख २६ हजार दुई सय ४५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार छ सय ८० रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेकाछन भने फाईनान्स, होटल तथा पर्यटन, जलबिद्युत, लगानी, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार समुहको सुचक भने ओरालो लागेका छन् ।