काठमाडौं,मानसरोवर यात्रामा रहेकै बेला विवादास्पद व्यवसायी आनन्दराज बतासलाई कालोसूचीमा राखेर पासपोर्ट ‘सिज’ गर्ने निर्णय भएको छ र सरकारी अड्डाहरूमा पत्राचार भएको छ ।
विभिन्न परियोजनाका नाममा बैंकबाट लिएको करोडौँ रुपैया कर्जाको किस्ता लामो समयदेखि नतिरेपछि उनको पासपोर्ट सिज गरेर कारबाही अघि बढाउने निर्णय भएको हो ।
गोल्डक्वेस्टको नाममा धन्दा गरेर २०४९ सालदेखि नै कुख्याती कमाएका बतासले शक्ति केन्द्रको आडमा बैंकहरूलाई दबाब दिएर कर्जा लिएका थिए तर उनले लामो समयदेखि किस्ता तिर्न अटेरी गरेपछि उनको नियत खराब रहेको आशंका गरेर पासपोर्ट सिज गर्न सिफारिस भएको बुझिएको छ ।