काठमाडौं । एनएनलजी इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही जेठ २९ गते काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंकेटमा आफ्नो २९ औँ वार्षिक साधारणसभा गर्न लागेको हो । वार्षिक साधारणसभामार्फत कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।