काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलाली जिल्लाको चुरे गाउँपालिकाअन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका एक सय १० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका एक सय १० जना विद्यार्थीलाई एक औपचारिक कार्यक्रमका बीच झोला वितरण गरेको छ ।