काठमाडौं । ट्रेड टावर कम्पनी लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही जेठ १४ गतेबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३२ करोड ९६ लाख ५० हजार पाँच सय १९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार पाँच सय पाँच दशमलव १९ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड (एलएस) रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा जेठ १९ गते र ढिलोमा जेठ २८ गते बन्द हुनेछ । कम्पनीका अनुसार लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।