काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका ग्राहकलाई बुढानीलकण्ठस्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्टबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकलाई खाना र सफ्ट ड्रिङ्क्समा १५ प्रतिशत छुट दिने भएको छ । छुट सुविधा पाउने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । ग्राहकहरूलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ । छुटको विवरण बैंकको आधिकारिक वेभसाइटमा उपलब्ध छ ।