चितवन । बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले भरतपुर विमानस्थलमा सफल अवतरण गरेको छ । ७२ सिट क्षमता भएको जहाजले १२ सय मिटर लामो धावनमार्गमा बिहीबार बिहान काठमाडौँ भरतपुर परीक्षण उडान गरेको हो । यस अघि ८० सिट क्षमताको श्री एयर लायन्सको जहाजले परीक्षण उडान गरेर नियमित यात्रु ओसारे पनि अहिले नियमित उडान गर्न सकेको छैन ।
बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्तवहादुर बस्नेतले जहाजले भरतपुरबाट काठमाडौँ जाँदा ५० देखि ६० जना र काठमाडौँबाट भरतपुर आउँदा ६० देखि ६२ जना यात्रु बोक्नसक्ने अनुमान गरिएको जानकारी दिए । काठमाडौँ–भरतपुर दैनिक सातवटा र भरतपुर पोखरा दैनिक एउटा विमान सञ्चालनमा छ । बुद्धले एयरले काठमाडौँ–भरतपुर नियमित उडान २० वर्ष अगाडिदेखि गर्दै आएको छ ।