काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा आकर्षक प्रि–बजेट अफर ल्याएको छ । यो अफर सोमबारबाट सुरु भएको र जेठ १४ गतेसम्म लागू हुनेछ ।
कम्पनीको अनुसार यो अफर नेपाली उपभोक्ताहरूको बीचमा विद्युतीय सवारी साधनको पहुँचलाई बढाउन डिजाइन गरिएको हो । यस योजनाअन्तर्गत नयाँ हुन्डाई कोना इलेक्ट्रिक, आइओएनआइक्यु ५ र क्रेटा ईभी खरिद गर्ने ग्राहकहरूले प्रोत्साहनस्वरूप विभिन्न लाभ उठाउनेछन् । प्रि–बजेट छुट योजनाको मुख्य विशेषताहरूमा निःशुल्क बीमा रहेको छ, यसमा ग्राहकहरूले आफ्नो नयाँ हुन्डाई ईभीको लागि निःशुल्क बीमा कभरेज प्राप्त गर्नेछन् । साथै, यस अफरमा ग्राहकहरूले सडक करसमेत निःशुल्क पाउने छन् । यसका साथै तीनवटै मोडेलहरूमा विशेष नगद छुट प्रदान गरिनेछ, जसले यी अत्याधुनिक विद्युतीय सवारी साधनहरूलाई पहिलेभन्दा बढी किफायती बनाउनेछ ।
हुन्डाईको विद्युतीय सवारी साधनको क्रान्तिमा सामेल हुने, आकर्षक छुट र अन्य अफरको फाइदा उठाउन यो महत्वपूर्ण अवसरको सदुपयोग गर्न कम्पनीले आग्रह गरेको छ ।