काठमाडौं । चीनको प्रमुख इन्टेलिजेन्ट र न्यु इनर्जी भेहिकल निर्माता कम्पनी सेरेस ग्रुपले सन् २०२५ को पहिलो त्रैमासिकमा दुई सय ४१ प्रतिशतले नाफा वृद्धि गरेको छ ।
कम्पनीले एक सय मिलियन अमेरिकी डलरभन्दा बढी मुनाफा कमाएको घोषणा गरेको छ । यो उल्लेखनीय उपलब्धिले प्रतिस्पर्धात्मक बजारमा पनि सेरेसलाई चीनका धेरै नाफा कमाउने केहीमध्ये एक इनोभेटिभ अटोमेकर कम्पनीहरूको श्रेणीमा उभ्याएको छ । कम्पनीको बिक्री रेभेन्यु पनि पहिलो त्रैमासिकमा तीन अर्ब अमेरिकी डलर नाघेको छ । जसको मुख्य कारण यसको नवीन, ऊर्जा–कुशल सवारीहरूको मागमा भएको वृद्धि हो । नवप्रवर्तन, दिगोपन र ग्राहकमुखी डिजाइनमा प्रतिबद्ध सेरेसले स्मार्ट मोबिलिटी समाधानहरूमा विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मेल खाने गरी नयाँ उचाइहरू छुने काम गरिरहेको छ ।
आगामी दिनहरूमा सेरेसले अझ बढी रेन्ज, पर्फर्मेन्स र स्मार्ट फिचर भएका नयाँ गाडीहरू सार्वजनिक गर्ने योजना बनाएको छ । यी सुधारहरूले चीनको कार्बन न्युट्रालिटी लक्ष्यमा योगदान गर्ने कम्पनीको मिसनलाई सहयोग गर्छन् । विश्वव्यापी विस्तार रणनीतिअन्तर्गत सेरेसले सन् २०२६ भित्र नेपालमा तीनवटा नयाँ विद्युतीय सवारी मोडेल ल्याउने घोषणा गरेको छ । साथै, सेरेस थ्री मोडेलले हालै इन्डोनेसियामा तीन प्रतिष्ठित अवार्डहरू जितेर न्यु इनर्जी भेहिकल बजारमा आफ्नो उत्कृष्टता र नवप्रवर्तन क्षमतालाई पुनः प्रमाणित गरेको छ ।
चीनको लक्जरी सवारी सेग्मेन्टमा पनि सेरेसले बीएमडब्लु र मर्सिडिजजस्ता ब्रान्डलाई पछि पार्दै अग्रता लिएको छ । सेरेस ग्रुपले अग्रगामी र भविष्यमुखी रणनीतिमा केन्द्रित भई चीन तथा विश्वव्यापी ईभी उद्योगमा आफ्नो प्रमुख भूमिका कायम राख्ने लक्ष्य लिएको जनाएको छ ।