काठमाडौं । शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन झण्डै आठ अंकले उकालो लागेको नेप्से परिसुुचक साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १९ दशमलव शुन्य चार अंकले उकालो लागेर २६ सय ८८ दशमलव ५५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज सात दशमलव शुन्य आठ अंकले उकालो लागेर चार सय ५७ दशमलव ९३ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय १४ वटा कम्पनीहरुको ८६ हजार छ सय ८५ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड २३ लाख ९६ हजार तीन सय २९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम नौं अर्ब ८२ करोड २० लाख ७० हजार छ सय ८२ रुपैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, लघुवित्त, सामुहिक लगानी कोष र निर्जीवन बीमा उपसमुहहरुको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।