काठमाडौं, साउन २० नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गरिएको हो । जारी मिति साउन २१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिएका थिए । बिक्री गरिएको ९१ दिने उक्त ट्रेजरीको परिवक्व हुुने अवधि २०७७ कात्तिक १८ गते तोकिएको छ ।