काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ ।
कम्पनीले सिद्दी विनायक मोटो कर्प प्रालि, बुटवल र जगत मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर)को संयुक्त आयोजनामा बोधी भिल्ला, मणिग्राममा सो ईभी गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा क्रेटा ईभीसहित हुन्डाईका अरू नयाँ मोडलहरू पनि प्रदर्शन गरिएका थिए ।
साथै, सोही कार्यक्रममा ३० भन्दा बढी क्रेटा ईभीको बुकिङ भएको थियो भने १० वटा क्रेटा ईभी हस्तान्तरण पनि गरिएको थियो । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले कार्यक्रमका सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडीसम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।