काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवं तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाएकी रोशनी शाहीको आइतबार शंकास्पद मृत्यु भएको छ । शाहीले बलात्कारको आरोप लगाएपछि महरा पक्राउ परेका थिए । पछि महराले सफाइ पाएका थिए । महराले सफाइ पाए पनि शाहीले लगाएको आरोपलाई धेरैले सत्य मान्दै आएका थिए ।
शाहीको आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटको डेरामा शंकास्पद मृत्यु भएको हो । जाजरकोट स्थायी घर भएकी ५० वर्षीय शाहीको शव प्रहरीले उनको कोठमा घोप्टो परेको अवस्थमा फेला पारेको थियो । उनी कोठामा भित्रबाट चुकुल लगाएर बसेकी थिइन् । शाहीको मृत्युको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । पोस्टमार्टम रिपोर्टपछि मात्र उनको मृत्युको कारण पत्ता लाग्नेछ ।