काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखकको राजीनामा माग गर्ने नेताहरुलाई स्पष्टीकरण सोध्न पूर्वमहामन्त्री डा शशांक कोइरालाले माग राखेका छन् । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकमा उनले डा. शेखर कोइराला, राजेन्द्र बजगाईं र सुनील शर्मालाई स्पष्टीकरण सोध्नुको विकल्प नभएको बताएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकका निकटस्थ उच्च अधिकारी एवं सचिवालय सदस्यहरु संलग्न रहेको आरोप लागेपछि गृहमन्त्री बिबादीत बनेका थिए । उनलै नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सत्ता बाहिराका दल र आफ्नै पार्टी भित्रका नेता कार्याकर्ताले राखेका थिए । नेपाली कांग्रेसको बैठकको निर्णयले भने गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताएको छ ।