काठमाडौं । शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन नो कम्प्रमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ । ‘नो कम्प्रमाईजको बाचा गर्न सजिलो हुँदैन तर जसले गर्छ उसको शिर सधैँ ठाडो हुन्छ’ भन्ने जनचेतनामूलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने कम्पनीले जनाएको छ ।
शिवम् सिमेन्टले स्थापना कालदेखि नै ओपीसी सिमेन्ट मात्र उत्पादन तथा बिक्री वितरण गर्दै गुणस्तरप्रति कहिल्यै सम्झौता नगर्ने नीति अवलम्बन गर्ने गरेको दाबी गरेको छ । हालै सार्वजनिक गरिएको क्याम्पेन टिजरले चलचित्रको ट्रेलरझैँ सिनेम्याटिक प्रस्तुति दिँदै दर्शकहरूमाझ उत्सुकता र कौतुहलता सिर्जना गरेको थियो । त्यसपछि हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रोमाइज नगरेको स्थितिलाई चित्रण गर्दै, शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रोमाइज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ ।
शिवम् सिमेन्टका प्रतिनिधिका अनुसार यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरू धेरै भिडियो सामग्रीहरू समेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जाने छन् । यसअघि सञ्चालन गरिएको क्वालिटीको मामलामा नो कम्प्रमाइज क्याम्पेन अत्यन्तै लोकप्रिय भएको थियो । ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘भरोसा अटुट सम्बन्धको’जस्ता सशक्त नाराहरूले नै शिवम् ब्रान्डको मूल पहिचान निर्माण गरेको जनाइएको छ ।