काठमाडौं । टायल कम्पनी, कजारियाले जीतपुर, बारामा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ । हिमाल ट्रेडिङद्वारा सञ्चालित यस सोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको जनाएको छ ।
सोरुमको पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ, कजारिया रमेश टाइल्स लिमिटेडका सेल्स प्रतिनिधिलगायतले संयुक्तरूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद कृष्ण कुमार श्रेष्ठले जीतपुरमा कजारियाको नयाँ सोरूमको उद्घाटनले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै सहरमा सहजरूपमा उपलब्ध गराउने बताए ।
कम्पनीका अनुसार बारा जिल्लाको महत्वपूर्ण क्षेत्र जीतपुरमा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्छ, यसले ग्राहकलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्छ । यसको विस्तारसँगै कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालको निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।