काठमाडौँ । प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले बैठक सुरू भएलगत्तै गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले अवरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।