काठमाडौँ । हुलाक सेवा विभागले गणतन्त्र दिवसको अवसर पारेर हुलाक टिकट प्रदर्शनी गरेको छ । आउँदो पुस्तालाई नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरूबारे जानकारी दिन मुलुकलाई समृद्ध बनाउने उद्देश्यले टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले हुलाक टिकट प्रदर्शन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै हुलाक टिकटको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्वबारे चर्चा गरिन् ।
नेपालको इतिहासलाई हुलाक टिकटले जीवन्त राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गर्दै उनले पछिल्लो पुस्तालाई इतिहासको अध्ययन गर्ने प्रयोगशालाको रुपमा टिकट रहेको चर्चा गरिन् । नेपालको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन हुलाक टिकट माध्यम बनेको सचिव अर्यालको भनाइ छ ।