काठमाडौं । शेयर बजार परिसुचक नेप्से दोहोरो अंकले उकालो लागेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसुचक साताको चौथो कारोबार दिन आज बुधबार भने १७ दशमलव ४४ अंकले उकालो लागेर २६ सय ९३ दशमलव शुन्य छ बिन्दुमा उक्लिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २३ अंकले उकालो लागेर चार सय ६१ दशमलव २० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय २३ वटा कम्पनीह्रुको ७७ हजार तीन सय १६ पटक शेयर किनबेच भएको छ । जसबाट दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ५८ करोड ६० लाख चार हजार तीन सय ३४ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त र अन्य उपसमुहको सुचक ओरालो लागेका छन् भने बाणिज्य बैंक, बिकास बैक, फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार उपसमुहको सुचक उकालो लागेका छन् ।