काठमाडौं । सिद्धार्थ बैंक र लाइल्याक वेलनेस एन्ड स्पा बौद्धबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले लाइल्याक वेलनेस एन्ड स्पा काठमाडौंमा बैंकको प्लेटिनम डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सम्पूर्ण सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४सै घन्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सकिने बैंकको भनाइ छ । बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।