दिपायल । डोटीमा जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बोगटान फुड्सिल गाउँपालिकाबाट दिपायल आउँदै गरेको सु.प.प्र. ०१ ००१ ज १४६४ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
दुर्घटनामा धनगढी उपमहानगरपालिका–१८ फूलबारी बस्ने जिप चालक हरिचन्द्र चौधरीसहित आठ जना घाइते भएका छन् भने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मिनबहादुर बमको मृत्यु भएको छ ।
घाइते हुनेहरुमा बोगटान फुड्सिल गाउँपालिका–२ चाल्साका १९ वर्षीय धनबहादुर बम, केआईसिंह गाउँपालिका–४ वायलका ४७ वर्षीय नरेशप्रसाद जोशी, डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ सकायलकी २३ वर्षीया राधिका देउवा र उनकी दुई वर्षीया छोरी रियान्सा देउवा घाइते भएका छन् ।
त्यस्तै बोगटान फुड्सिल गाउँपालिका– ६ गगुडा कै ५० वर्षीया चना देवी चन्द, सोही ठाउँकी ४० वर्षीया महेश्वरा देवी चन्द र ४२ वर्षीया बिर्मा देवी चन्द घाइते भएका छन् ।