काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीको यही जेठ १४ गते बुधबार बसेको सञ्चालक समितिको पाँच सय ५१औँ बैठकले आगामी असार ५ गते आफ्नो ३७औँ वार्षिक साधारणसभा गर्ने घोषणा गरेको हो ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा हुने उक्त वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी पाँच अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँमध्येबाट १० प्रतिशतका दरले हुनआउने ५२ करोड १२ लाख १३ हजार तीन सय आठ रुपैयाँँबराबरको नगद लाभांश र कर प्रयोजनको लागि शून्य दशमलव ७८ प्रतिशतका दरले हुनआउने चार करोड ११ लाख ४८ हजार चार सय १८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
यसबाहेक चुक्ता पुँजीको पाँच प्रतिशतका दरले हुनआउने २६ करोड छ लाख छ हजार पाँच सय ५४ रुपैयाँबराबरको बोनस सेयर वितरणको प्रस्ताव पनि पारित गर्ने तयारी कम्पनीले गरेको छ ।