काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अङ्कित मूल्य कायम रहने गरी ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
बैंकले जेठ १८ गतेदेखि ७ वर्ष अवधिको वार्षिक छ प्रतिशत ब्याजदरको ‘निफ्रा हरित उर्जा ऋणपत्र छ प्रतिशत २०८८/८९’ निष्काशन गर्न लागेको हो । ऋणपत्रमध्ये ६० प्रतिशत व्यक्तिगत तबरबाट र ४० प्रतिशत सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जानकारी दिएको छ । सोअनुसार बैंकले तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।
बैंकका अनुसार न्यूनतम २५ कित्ताका लागि छिटोमा जेठ २१ र सो अवधिभित्र आवश्यक निवेदन नपरेमा असार एक गतेसम्म बिक्री तथा निष्काशन खुला हुनेछ । बैंकको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।