काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा दुई करोड ७५ लाख २५ हजार सात सय ९० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संंस्थाको यस्तो नाफा सात करोड ४९ लाख ३५ हजार आठ सय २९ रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४० रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा एक अर्ब ४५ करोड ७५ लाख ८८ हजार आठ सय ५८ रुपैैयाँ निक्षेप संकलन गरी छ अर्ब २६ करोड ७६ लाख २६ हजार आठ सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ८६ लाख ३४ हजार पाँच सय २० रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा एक अर्ब ३३ करोड ३४ लाख ७६ हजार तीन सय २७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३१ करोड ३७ लाख १७ हजार सात सय ८० रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ५३ लाख ७१ हजार सात सय २८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा आठ दशमलव २९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।