काठमाडौं । कजारियाले सैनामैना, रूपन्देहीमा अत्याधुनिक सोरूम सञ्चालनमा ल्याएको छ । धर्मा ट्रेडर्सद्वारा सञ्चालित यस सोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
सो सोरुमको नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेल, कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि विमल ज्ञवालीले संयुक्तरूपमा उद्घाटन गरेका थिए । कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष पोखरेलले सैनामैनामा कजारियाको यस नयाँ सोरूम सञ्चालनले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै सहरमा सहजरूपमा उपलब्ध गराउने बताए ।
रूपन्देही जिल्लाको महत्वपूर्ण क्षेत्र सैनामैनामा रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्ने कम्पनीले जनाएको छ । कजारियाले उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिसनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै लगेको दाबी गरेको छ । प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो सोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।