काठमाडौं । एनएमबि बैंक र हिल्टन काठमाडौंबीच एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।
यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दिगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । बैंकले देशभर दुई सय दुई वटा शाखा, एक सय ८७ वटा एटीएम र नौवटा विस्तारित काउन्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।