काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले स्वास्थ्य परीक्षण र रक्तदान कार्य सम्पन्न गरेको छ । देशको बीमा बजारमा २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको कम्पनीले आफ्नो सेवा सञ्चालनको सफलतापूर्वक २९ वर्ष पूरा गरी यही २०८२ जेष्ठ १७ गतेदेखि ३०औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले विगतका वर्षहरुदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीको अवसर, नेपाल सरकारलाई कर भुक्तानीलगायतका सूचकांकहरुमा उल्लेखनीय वृद्धि गर्दै आएको छ ।
कम्पनीले आफ्नो सेवा सञ्चालनको ३०औँ वर्ष प्रवेशको अवसरमा केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण र खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले व्यवसायको साथसाथै समाज सेवाको लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ ।