काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले बन्दका कारण काठमाडौँ उपत्यकामा अप्ठ्यारोमा परेका यात्रुहरुको सहजताका लागि मङ्गलबार पनि सार्वजनिक दुई वटा बस सञ्चालन गरेको छ ।
सवारी साधन बन्दका कारण सर्वसाधारण नागरिकहरुलाई गन्तव्य सम्म पुर्याउनका लागि सशस्त्र प्रहरी बल नेपालले निःशुल्क बस सेवा सञ्चालन गरेको सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने एउटा बसले स्वयम्भु, कलंकी, सातदोबाटो, कोटेश्वर, महाराजगन्ज हुँदै रिङरोड परिक्रमा गर्ने र अर्को बसले स्वयम्भु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै कोटेश्वरसम्म सञ्चानल हुने छ ।