काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यालय प्रवेश गर्न अबरोध गरेपछि पाण्डेमाथि अधिकृत गुरागाईँले स्पष्टीकरण सोधेका थिए । पाण्डेले स्पष्टीकरण चित्तबुझ्दो नदिएपछि गुरागाईँले ६ महिनाका लागि निलम्बन गरेका हुन् ।