काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ७० लाख ५८ हजार सात सय ३९ रुपैयाँँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा छ करोड १२ लाख १८ हजार छ सय ७२ रुपैयाँँ रहेको थियो ।
चुक्ता पुँजी ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ रुपैयाँँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासमा दुई अर्ब ६४ करोड १२ लाख ३१ हजार तीन सय ४५ रुपैयाँँ निक्षेप संकलन गरी १० अर्ब छ करोड ७८ लाख ९१ हजार चार सय १७ रुपैयाँँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४८ करोड ३३ लाख ३४ हजार आठ सय ३८ रुपैयाँँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ७१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब ५४ करोड ३२ लाख १३ हजार ५८ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ७५ करोड ४१ लाख ५८ हजार तीन सय ८६ रुपैयाँँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २१ करोड २४ लाख १८ हजार चार सय ७६ रुपैयाँँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव १० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।