काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर निष्काशनका गर्न अनुमति दिएको हो ।

सोअनुसार कम्पनीले एक सय रूपैयाँ अंकित दरमा ६५ लाख ७६ हजार नौ सय ३७ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।