काठमाडौं । नेपाल एसबीआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका, वडा नं– ०४, मनौरास्थित श्री राम जानकी अधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि स्मार्ट बोर्ड तथा खेलकुद सामाग्री प्रदान गरेको छ । बैंकका लुम्बिनी प्रदेश प्रमुख, शिव दाहालले राम जानकी अधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमका बीच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरू समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । बैंकले ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका एक सयवटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, एक सय २५ वटा एटीएम र एउटा कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।