दिपायल । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ उडीतोलास्थित भित्री सडकमा यात्रुबाहक बोलेरो जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बगलेकबाट जिल्ला सदरमुकाम सिलगढी आउँदै गरेको लु.प्र. ०१ ००१ च. ०२४४ नम्बरको जीप बुधबार बिहान ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
पूर्वीचौकी गाउँपालिका–२ ठाकरा बस्ने ३५ वर्षको गोविन्द ओली, सोही ठाउँकी ४० वर्ष की कुन्ती नेपाली, ४० वर्षकी हर्कादेवी साउँद, ४० वर्षकी कलु साँउद , ५० वर्षकी गोलमादेवी दमाई, ३० वर्षको बाजी दमाई र सायल गाउँपालिका– ४ भल्मा बस्ने २५ वर्षकी पदमा बिष्ट, सायल गाउँपालिका–३ कचाली बस्ने ६० वर्षकी हरु बयाडी, सोही ठाउँका २१ वर्षको यदु बयाडी दुर्घटनामा घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार पालले जिल्ला अस्पताल सिलगढीमा घाइतेहरूको उपचार भइरहेको जानकारी दिएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा गत आइतबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएको थियो ।