काठमान्डौँ, सरकारले पछिल्लो पटक आगामी आर्थिक वर्षको बजेट र सोसँग सम्बन्धित विभिन्न ऐन एवं अन्य कानुन पारित गरेको छ । यही जेठ १५ र १९ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बजेटसँग सम्बन्धित कानुनहरू एवं विभिन्न मन्त्रालयका प्रस्तावपछि भएका निर्णय जानकारी दिए ।
उनका अनुसार सरकारको आर्थिक वर्ष २०८२र८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने जेठ १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय रहेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार आर्थिक वर्ष २०८२र८३ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, आर्थिक वर्ष २०८२र८३ को लागि नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको थियो ।
त्यस्तै, सामयिक कर असुल ऐन, २०१२ को दफा ३ बमोजिमको सूचित आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने, भन्सार महसुल ऐन, २०८१ को दफा १३ को उपदफा (३) बमोजिमको सूचना जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने पनि मन्त्री परिषद्को बैठकले निर्णय गरेको मन्त्री गुरुङले बताए।
साथै, मूल्य अभिवृद्धि कर ९सत्ताइसौँ संशोधन० नियमावली, २०८२, अन्तः शुल्क ९सत्ताइसौँ संशोधन० नियमावली, २०८२, आयकर ९सोह्रौँ संशोधन० नियमावली, २०८२, भन्सार ९सोह्रौँ संशोधन० नियमावली, २०८२, भन्सार महसुल ९पहिलो संशोधन० नियमावली २०८२ र मदिरा ९चौथो संशोधन० नियमहरू २०८२ स्वीकृत गर्ने र सोको सूचना नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने, नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायव महानिरीक्षक सिद्धि बिक्रम शाहलाई बढुवा गर्ने, सडक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, हुलाक सेवासम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, गोरखापत्र संस्थानसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने र राष्ट्रिय समाचार समिति ९रासस० सम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
त्यस्तै मन्त्री गुरुङका अनुसार १९ गते बसेको मन्त्रिपरिषद् बैठकबाट आगामी असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति दिइएको छ ।
त्यसैगरी थाइल्याण्डको राजधानी बैंककमा आगामी असार ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने ‘हेन्ड इन हेन्ड इन्भेस्टमेन्ट डाइलग फर एसिया एन्ड द पेसिफिक’ विषयक कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति दिने, नेपाली सेनातर्फ एकजना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने, दशजना महासेनानीहरूको सरुवा गर्ने र एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने, आगामी असार २ गतेदेखि ९ गतेसम्म जर्मनीमा आयोजना हुने युनाईटेड नेशन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स, एसबी ६२ मा सहभागी हुन वन तथा वातावरण मन्त्रालयका सचिवलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी यही जेठ २८ गतेदेखि ३० गतेसम्म जनवादी गणतन्त्र चीनको बेइजिङमा आयोजना हुने बेजिङ्ग सिबीडी मल्टिनेश्नल इन्टरप्राइजेज कन्फ्रेन्स एन्ड एसियन मेयर्स फोरममा सहभागी हुन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिए।रासस