काठमाडौं । एबीसी सेक्युरीटीज (ब्रोकर नम्बर १७)ले कार्यालय स्थानान्तरण गरेको छ । नेपाल स्टक एक्सचेनजका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईँको प्रमुख आतिथ्यतामा औपचारिकरूपमा स्थानान्तरित कार्यालयको उद्घाटन गरिएको हो ।
ब्रोकरको कार्यालय स्थानातरण कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढाकालको उपस्थिति थियो । ब्रोकर इन्द्रचोकबाट नयाँ कार्यालय कमलादी सिटी एक्सप्रेस कम्प्लेक्समा सरेको हो ।
ब्रोकर तम्बर १७ ले सेयर बजारका लगानीकर्ता तथा आफ्ना ग्राहकहरूलाई उत्कृष्ट र सहज सेवा प्रदान गर्नको लागि कार्यालय स्थानान्तरण गरेको बताएको छ । सेवा सुविधा र कार्यक्षमतालाई थप प्रभावकारी बनाउने अपेक्षा ब्रोकर कम्पनीले गरेको छ । ब्रोकरको नयाँ कार्यालयमा निजी ट्रेडिङ कक्ष, क्याफेटेरिया र एकल सेवा काउन्टर (बन–विन्डो सर्भिस)को व्यवस्था गरेको छ । एकल सेवा काउन्टरमार्फत लगानीकर्ताले डिपोजिटरी (डीपी), केवाईसी, एकाउन्ट, सेटलमेन्ट, र ट्रेडिङसम्बन्धी सम्पूर्ण सेवाहरू एकैठाउँबाट छिटो र प्रभावकारीरूपमा प्राप्त गर्न सकिनेछ ।
निरन्तररूपमा सेयर कारोबारसम्बन्धी सुविधा दिँदै आएका छौँ । यो नयाँ अध्याय सुरु गर्न अत्यन्त उत्साहित भएको ब्रोकरका अध्यक्ष नितेशकुमार अग्रवालले बताए । उक्त नयाँ कार्यालयबाट उच्च गुणस्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता अग्रवालले गरेका छन् ।