काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म, दराज नेपालले ६.६ मेगा मिड इयर सेलकोे घोषणा गरेको छ । मेगा मिड इयर सेलमा ८० प्रतिशतसम्मको बृहत् छुट, निःशुल्क होम डेलिभरी सुविधा र एक करोड रुपैयाँ बराबरका भौचरहरूको व्यवस्था गरिएको छ ।
यो धमाकेदार सेल जेठ २३ गतेदेखि जेठ २७ गतेसम्म सञ्चालन हुने जानकारी दिइएको छ । ६.६ मेगा मिड इयर सेलमार्फत दराजले ग्राहकहरूका लागि विभिन्न ब्रान्डहरूमा फ्ल्याट ६६ प्रतिशतसम्मको आकर्षक छुट पाउन सकिने व्यवस्था गरेको छ ।
जसअन्तर्गत प्लेटिनम ब्रान्ड पार्टनर सिताफिल, आईबीबी र एंकरमार्फत ११ प्रतिशतसम्म छुट, गोल्ड ब्रान्ड नाइकमा ५० प्रतिशतसम्मको छुट र सिल्भर ब्रान्डहरू होटो र न्यानो डायपर्समार्फत ४० प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । ६.६ को विशेष आकर्षणका रूपमा फास्टेस्ट फिंगर फ्ल्यास सेल अभियान रहने जानकारी दिइएको छ । यसमार्फत ग्राहकहरूले मध्यरात बिहान ८ बजे, ११ बजे, दिउँसो ३ बजे र राति ८ बजे, ६ मा उपलब्ध गरिने अत्यन्तै सीमित अफरहरूमा आफ्नो सहभागिता जनाएर लाभ लिन सक्नुहुनेछ ।
दराजले यसपटकको सेललाई छुटहरूका लागि अवसरका रूपमा मात्र नभई, शानदार उपहारहरू पनि प्रदान गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले दुई विशेष फिचरहरू, एड टु कार्ट एन्ड विन र बाई एन्ड विनको व्यवस्था गरेको छ । यस उपहार योजनाअन्तर्गत छ जना भाग्यमानी विजेताहरूको छनोट गरी तिनका लागि आकर्षक पुरस्कारहरू प्रदान गरिने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।
एड टु कार्ट एन्ड विनअन्तर्गत १० हजारभन्दा बढी मूल्यका सामग्रीहरू आफ्नो कार्टमा राख्ने ग्राहकहरूमध्ये पाँच जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ । छनोटमा परेका भाग्यशाली विजेतालाई नौ हजारसम्मका उपहारहरू प्रदान गरिनेछ । त्यसैगरी, बाई एन्ड विनअन्तर्गत कम्तीमा पाँच हजारको सामग्री खरिद गर्ने ग्राहकहरूमध्ये एक जना भाग्यमानी विजेतालाई ५२ हजार पाँच सय बराबरको ग्लेन होम अप्लायन्सेस बन्डल प्रदान गरिने व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
६.६ सेलमार्फत उपभोक्ताहरूले अझ बढी बचत गर्न सक्नुहोस् भन्ने सोचका साथ कम्पनीले आफ्ना उपभोक्ताहरूलाई बेस्ट प्राइस ट्याग भएका उत्पादनहरू खोज्न नबिर्सनुहुन अनुरोध पनि गरेको छ ।
यसरी बेस्ट प्राइस ट्याग भएका उत्पादनहरू कुनै उपभोक्ताले नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा सस्तो मूल्यमा फेलापार्नु भएमा र निर्धारित योग्यताको मापदण्ड पूरा गरेमा ती उपभोक्ताले दराजका तर्फबाट मूल्य अन्तरको दोब्बार रकम फिर्ता पाउन सक्नुहुनेछ ।
यसका साथै दराजले अनलाइन किनमेल अनुभवलाई अझ विश्वासिलो र झन्झटमुक्त बनाउने सोचका साथ सजिलो र पारदर्शी १४ दिनको रिटर्न तथा रिफन्ड प्रक्रिया पनि उपलब्ध गराउँदै आइरहेको छ । १४ दिनको रिटर्न तथा रिफन्ड पोलिसीको लाभ उठाउनका लागि उपभोक्ताले आफ्नो दराज एकाउन्टमा लगइन गर्नुपर्ने हुन्छ ।
त्यसपश्चात्, रिटर्न/रिफन्ड बटन थिचेर रिटर्न प्रक्रिया सुरू गर्नुपर्दछ, फिर्ताको कारण उल्लेख गरी, रिटर्नसिपमेन्ट टाइप चयन गर्नुपर्ने हुन्छ । लगतै, इच्छाइएको रिटर्न विकल्प चयन गरी रिटर्न तथा रिफन्डको अनुरोध गर्न सक्नु हुनेछ ।
यस प्रक्रियालाई सजिलो बनाउन दराजले इन्स्ट्रक्सनल भिडियो पनि तयार पारी हेर्न र जानकारी लिनका लागि उपलब्ध गरेको छ । दराजले तपाईंलाई सहज किनमेल अनुभव मात्र होइन, विश्वासिलो सेवाको पनि भरोसा दिन्छ । तसर्थ, निर्धक्क किनमेल गर्नुहोस् र सामग्री निर्धारित गुणस्तरअनुसार नपरेमा वा मन नपरेमा सजिलै फिर्ता गर्नुहोस् ।