काठमाडौं । विश्व वातावरण दिवसको उपलक्ष्यमा सिटिजन्स बैंकको एक खाता, एक रुख अभियान सुरु भएको छ । ‘बिट प्लास्टिक पोलुुसन’ भन्ने अभियानलाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबारको दिन मन्जुश्री पार्क, चोभार, काठमाडौंमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा बृहत् वृक्षरोपण कार्यक्रम कीर्तिपुरको मन्जुश्री पाक, चोभार वडा नम्बर १४ मा करिब एक हजार दुई सय ८५ विभिन्न प्रजातिका बिरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, जलविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक महर्जन तथा बैंकका उच्च व्यवस्थापनलगायतका कर्मचारीहरूको उपस्थिति थियो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले कार्यक्रममा सम्बोधन गर्दै भने, ‘हरियाली बढाउने र वातावरण संरक्षण गर्ने प्रतिबद्धता यही कार्यबाट देखाउँछौ र हरेक वर्ष स्मार्ट बचत खाता १ खाता, १ रुख अभियानअन्तर्गत रूखहरू रोप्ने प्रण गर्दछौँ । ‘संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय एंव मठ मन्दिरहरूमा समेत सहयोग गरिसकेको छ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोन–पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोन–पे क्रेडिट कार्ड (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ साथै मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने समेत ल्याएको छ ।
बैंकले देशैभरि ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६८ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ९८ हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।