काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएस (एनईए) बीच व्यावसायिक सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सो सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसनतर्फबाट अध्यक्ष ई. सुभाषचन्द्र बरालबाट हस्ताक्षर भई सो व्यावसायिक सेवा आरम्भ गरिएको छ । यस सम्झौतामार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गरिएको छ ।
सोही सम्झौता अनुसार एसोसिएसनका सदस्यहरूलाई लक्षित गरी बैंकको २७५ वटा शाखाहरूमार्फत प्रोफेसनल बचत खाता खोलि १० लाखको दुर्घटना बीमा सुविधासहित अन्य व्यावसायिक कर्जा, स्टार्ट–अप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरूले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास छ ।