काठमाडौं । नेपाल नेटवर्क अपरेटर ग्रुप (एनपीनोग) ले इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)सँग सहकार्य गर्दै काठमाडौंमा एनपीनोग–११ कार्यशाला तथा सम्मेलन आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम असार १ गतेदेखि छ गतेसम्म काठमाडौंको हायात सेन्ट्रिक होटलमा आयोजना गरिने जनाइएको छ ।
कार्यक्रममा नेटवर्क इन्जिनियर, सिस्टम इन्जिनियर, सूचना प्रविधि विज्ञ, कन्सल्टेन्ट, सरकारी तथा गैरसरकारी प्राविधिकहरू र सूचना प्रविधि तथा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ । कार्यक्रममार्फत नेपालमा आधुनिक डिजिटल पूर्वाधार विकास र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने आयोजकहरूको विश्वास छ । कार्यक्रममा सहभागी हुनको लागि दर्ता शुल्क नेपालीको लागी २० हजार रुपैयाँ तोकिएको छ भने विदेशीको लागि दुई सय यूएसडी तोकिएको छ । महिला सहभागीका लागि भने २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकको भनाइ छ ।