कीर्तिपुर (काठमाडौँ) । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औं राष्ट्रिय महाधिवेशन आइतबार यहाँ प्रारम्भ भएको छ । आगामी तीनदिनसम्म जारी रहने महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।
सङ्गठनका अध्यक्ष समिक बडालले स्वागत मन्तव्य व्यक्त गर्दै शैक्षिक समस्या समाधान गर्दै विकासको पथमा अग्रसर हुन महाधिवेशन फलदायी हुने विश्वास व्यक्त गरे । विद्यार्थी आन्दोलनका बारेमा उठेका नकारात्मक टिप्पणीको नेपाल विद्यार्थी सङ्घका सभापति डोजाङ शेर्पाले सामूहिक रुपमा प्रतिवाद गर्नुपर्ने बताए । राष्ट्रिय युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा र विद्यार्थी सङ्घसङ्गठनले युवाका विषयामा एकजुट हुनुपर्नेमा जोड दिए ।