काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीलाई इला होटल एन्ड रिसोर्टअन्तर्गत रहेका होटलहरुका सेवामा १५ प्रतिशत सहुलियत प्रदान गर्ने भएको छ ।
कम्पनी र इला होटल एन्ड रिसोर्टबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदानप्रदान गर्ने समझदारी भएको हो । सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाई छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।
इला होटल एन्ड रिसोर्टअन्तर्गत मौलाकालिकामा रहेको इला होटल एन्ड रिसोर्ट, बाग्लुङस्थित इला कम्फर्ट र लाजिम्पाटस्थित सेक एन्ड फेन्ज रेस्टुरेन्ट, यसैगरी आईएमई हस्पिटालिटी एन्ड होटलअन्तर्गत पोखरास्थित दि लेकसाइड रिट्रिट र लाजिम्पाटमा रहेको होटल ले हिमालयलगायतका होटल तथा हस्पिटालिटिहरु रहेका छन् ।