काठमाडौं । नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता, स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहक केन्द्रित सेवालाई प्राथमिकता दिँदै विशेष तीन दिने निःशुल्क सर्भिस क्याम्प आयोजना गर्न लागेको छ । काठमाडौ्ं, ललितपुर, भक्तपुरलगायतका सहरहरूलाई लक्षित गर्दै कम्पनीले जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होन्डा सर्भिस सेन्टरमा उक्त क्याम्प सञ्चालन गर्न लागेको हो । उक्त क्याम्पमार्फत सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ । क्याम्पअन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होन्डा सेफ्टी रिकल कार्यक्रमअन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पाट्र्समा सात प्रतिशत, ल्युब्रिकेन्टमा पाँच प्रतिशत, एसी रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।
यसैगरी एचडीएस स्क्यान सेवा समेत निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा पनि आफ्ना ग्राहकहरूलाई यस्ता सुविधायुक्त कार्यक्रममार्फत उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ ।