काठमाडौं, शेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । अघिल्लो दिन ११ अंकले खुम्चिएको नेप्से परिसुचक साताको दोस्रो कारोबार दिन आज सोमबार भने २३ दशमलव १९ अंकले उक्लिएर २६ सय ५३ दशमलव शुन्य नौं बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४४ अंकले उकालो लागेर चार सय ५१ दशमलव ७१ बिन्दुमा चढेको छ । धितोपत्र बजारमा आज तीन सय २४ वटा कम्पनीहरुको ७८ हजार आठ सय ४८ पटक शेयर किनबेच भएको छ ।
जसबाट एक करोड ७५ लाख एक हजार आठ सय दुई कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार तीन सय १९ रुपैंयाँ पुगेको छ ।धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये जीवन बीमा, होटल तथा पर्यटन र व्यापार उपसमुहको सुचक ओरालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।